बालुवाटारमा आज पनि सवा घण्टा वार्ता
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि सत्ता गठबन्धन दलका नेताहरुको भेटवार्ता भएको छ ।
बिहान साढे १० बजेदेखि पौने १२ बजेसम्म भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको उपस्थिति थियो ।
त्यसैगरी नेपाली काँग्रेस उपसभापति पूर्णबहादुर खड्कालगायत पनि बैठकमा सहभागी हुनुभएको बताइन्छ ।
टिप्पणीहरू