सत्ता गठबन्धनले भोलि सामुहिक धारणा निकाल्ने

सत्ता गठबन्धनले भोलि सामुहिक धारणा निकाल्ने

सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले भोलि संयुक्त वक्तव्य जारी गर्ने भएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा गरिने तालमेलबारे भोलि संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको हो ।

विभिन्न जिल्लामा ती दलका स्थानीय समितिहरुले चुनावी तालमेलबारे आ-आफ्नै ढंगले व्याख्या गर्न थालेपछि केन्द्रबाट स्पष्ट निर्देशन दिने उद्देश्यले उक्त निर्णय गरिएको बैठकमा सहभागी एक जना नेताले जानकारी दिएका हुन् ।

टिप्पणीहरू