चुनावलाई सजिलो पार्न ६ सय ७३ जना इन्स्पेक्टर यताउता

चुनावलाई सजिलो पार्न ६ सय ७३ जना इन्स्पेक्टर यताउता

नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षकको सरुवा भएको छ । जसअनुसार जिल्ला प्रहरी कार्यालय, दोलखाका अञ्जन कोइराला महानगरीय प्रहरी वृत्त जनसेवा तानिएका छन् ।

इलाका प्रहरी कार्यालय, मोरङका अनमोल खड्का प्रहरी प्रधान कार्यालय, जगेडा पुलमा, संघीय प्रहरी एकाई कार्यालयका अनिलकुमार उप्रेती जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटमा, मानव बेचबिखन अनुसन्धान ब्युरोका अनिल ठकुरीलाई महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठ सरुवा गरिएको छ ।

त्यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका इन्द्रजित इटनीलाई इलाका प्रहरी कार्यालय, नवलपुर, जिल्ला प्रहरी कार्यालय, दैलेखका इन्द्रजित सुनार महानगरीय ट्राफिक प्रहरी वृत्त, कालिमाटीमा, महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ईश्वर कार्की जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुर पुगेका छन् ।

प्रहरी तालिम महाविद्यालय, जर्गाहका उदयशमशेर जबरालाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौं, जिल्ला प्रहरी कार्यालय, सप्तरीका उदयमान द्विवेदीलाई इलाका प्रहरी कार्यालय, खोटाङ र जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाका उद्धव पोखरेललाई प्रहरी प्रधान कार्यालय, नक्साल सरुवा गरिएको हो ।

सरुवा भएका अन्यको विवरण संलग्न सूचीमा उल्लेख छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/04/INSP24.pdf”]

टिप्पणीहरू