आज मध्यरातदेखि के के गर्न पाईंदैन ?

आज मध्यरातदेखि के के गर्न पाईंदैन ?

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता आज मध्य रातदेखि लागू गर्ने घोषणा गरेको छ । आयोगले आज अपरान्ह गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आचारसंहित जारी गरिएको हो । आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, दलका उम्मेदवार, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको छ ।

अब सरकारले यसअघि घोषणा भएको बजेट र कार्यक्रम बाहेकका कुनैपनि नयाँ योजना र कार्यक्रम तय गर्न पाउँदैन । सरकारले अब कुनै पनि शिलान्यास, उद्घाटन पनि गर्द पाउँदैन । निर्वाचनको काममा बाहेक कर्मचारी सरुवा र पदस्थापन समेत गर्न पाईंदैन । राजनीतिक दल र तिनका उम्मेदवारले पालना गर्नुपर्ने आचारसंहिताको विवरण आज जारी गरिएको ७८ पृष्ठमा उल्लेख छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/04/election_codes_of_conduct.pdf”]

टिप्पणीहरू