गभर्नरको निलम्बनपछि शंकर पोखरेलले सम्झे कटुवाल प्रकरण
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व प्रधानसेनापति रुक्मांगत कटुवाल प्रकरणपछि गभर्नरको निलम्बन माओवादीको अर्को गम्भीर भूल भएको आरोप लगाएका छन्।
हिजो शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बनको विषयलाई लिएर महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले आर्थिक संकटको कारक अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री आफैँ भएको आरोप लगाएका छन् ।
उनले लेखेका छन्, ‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भूल हो– गभर्नरको निलम्बन । आर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफैँ हुन् ।’
टिप्पणीहरू