सैनिक स्कूलका विद्यार्थी बाटैमा बेपत्ता

सैनिक स्कूलका विद्यार्थी बाटैमा बेपत्ता

भक्तपुरस्थित नेपाली सेनाको वीरेन्द्र सैनिक स्कूलबाट गत हप्तादेखि एक विद्यार्थी हराइरहेका छन् । स्कूलको छात्रावासमा बसी कक्षा ९ मा अध्ययनरत शिव बोगटी नामक ती छात्र चाँगुनारायणस्थित घरबाट ५ दिनअगाडि पढ्न जान्छु भनी बिदा भएका थिए । स्कूलले केटा किन आएन भनी घरमा सोधखोज गर्दा उनी ५ दिनअघि नै स्कूल गएको बल्ल पत्ता लागेको हो । छोरो बेपत्ता भएकोमा परिवार चिन्तित छ। प्रहरीमा कार्यरत ओखलढुंगा रानीवन निवासी सूर्य बोगटीको माहिलो छोरा शिवको हालसम्म केही अत्तोपत्तो छैन ।

टिप्पणीहरू