विप्लव माओवादीका प्रवक्ता पहिले बालुवाटार,अहिले सिंहदरबार

विप्लव माओवादीका प्रवक्ता पहिले बालुवाटार,अहिले सिंहदरबार

नेकपा माओवादी विप्लव समूहका नेता तथा प्रवक्ता खड्कप्रसाद विश्वकर्मा प्रकाण्ड हिजो अपरान्ह सिंहदरबार पुग्नुभएको छ । उहाँले गृह मन्त्रालय पुगेर मन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गर्नुभएको थियो ।

अपरान्ह पौने ५ बजे गृह मन्त्रालय पुग्नुभएका उहाँ सवा ५ बजे बाहिरिनुभएको थियो । हिजो पनि प्रकाण्डले अघिल्लो वर्ष केपी शर्मा ओली सरकारसँग आफ्नो पार्टीले गरेको सम्झौता अक्षरशः कार्यान्वयनको निम्ति आग्रह गर्नुभएको बुझिएको छ ।

गत साता उहाँ सोही माग राख्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो । त्यसबखत पनि प्रवक्ता प्रकाण्डले प्रधानमन्त्रीसहित गृहमन्त्री उपस्थित भेटमा सरकारले आफ्नो पार्टीसँग गरेको सम्झौता इमानदारिताका साथ कार्यान्वयनको निम्ति आग्रह गर्नुभएको हो ।

टिप्पणीहरू