एमालेले अर्को निर्वाचनमा काँग्रेसबाहेक सबैसँग तालमेल गर्ने

एमालेले अर्को निर्वाचनमा काँग्रेसबाहेक सबैसँग तालमेल गर्ने

नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा नभए पनि आगामी प्रदेश र संघको निर्वाचनमा सबै वामपन्थी र प्रगतिशील शक्तिसँग तालमेल गर्ने सम्भावना बढ्दै गएको छ । पार्टीका सचिव रघुवीर महासेठले नेपाली काँग्रेस बाहेक अन्य सबै दलसँग तालमेल गरेर अघि बढ्ने माहौल बन्दै गएको जानकारी दिएका हुन् ।

नेता महासेठले स्पष्ट भाषामा नेकपा (माओवादी केन्द्र) लगायत वामपन्थी र प्रगतिशील शक्तिसँग तालमेल गर्न सक्ने सम्भावना रहेको बताएपछि राजनीतिक सरगर्मी बढेको छ । दुई साताअघि एमाले र माओवादी केन्द्रका नेताहरु अन्तर्राष्ट्रिय कार्यक्रमका नाममा छुट्टाछुट्टै गएका बेला चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले मिलेर जान सुझाव दिएका थिए ।

अहिले नेता महासेठको हिजोको अभिव्यक्तिसङ्गै चीनमा भएको कुराकानीले अर्को चुनावसम्म मूर्तरुप लिनसक्ने अनुमान गर्न थालिएको छ । महासेठमार्फत नेपालका नेताहरुले जेठान उपेन्द्र महतोको आर्थिक सहयोग लिने गरेका छन् । महासेठ्लाई ओलीले पछिल्लो १३ दिने क्याबिनेटमा उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री र उनकी पत्नी जुलीकुमारी महतोलाई पटकपटक मन्त्री,माननीय र पार्टी केन्द्रीय सदस्य बनाउँदै आउनुभएको छ ।

टिप्पणीहरू