घर जान लागेका सशस्त्र आईजीपीलाई हतियार

घर जान लागेका सशस्त्र आईजीपीलाई हतियार

नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पाँच सय ९० थान हतियार तथा एम्युनिसन उपलब्ध गराएको छ । आज सेनाको जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले ती हतियार र सामग्री सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गर्नुभएको हो ।

शर्माले इन्सास राइफल पाँच सय नाल र लाइट सपोर्ट वेपन (एलएसडब्लु) ९० नाल र त्यसमा सोको एम्युनिशनसहित सामग्री हस्तान्तरण गर्नुभएको हो । सेनाले सशस्त्रलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रम सञ्चालन प्रयोजनको तिम्ति ती हतियार उपलब्ध गराएको जनाएको छ ।

मन्त्रिपरिषद्को गत बिहीबार बैठकले सेनाका कुल १० हजार ६ सय थान हतियार सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने निर्णय गरेको थियो । सोही क्रममा आज पहिलो लटमा उक्त हतियार उपलब्ध गराएको बताइएको छ ।

टिप्पणीहरू