गठबन्धनको अर्को बैठक भोलि
आज बसेको सत्ता गठबन्धन दलहरुको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक भोलि पुनः बस्ने गरि आज सकिएको छ ।
काँग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिको आजको बैठकमा स्थानीय निर्वाचनमा गठबन्धनलाई थप प्रभावकारी र बलियो बनाउने विषयमा छलफल भएको बताइएको छ ।
उक्त विषयमा भोलि बिहान ९ बजे बालुवाटारमा थप छलफल गर्ने सहमति भएको छ । आजको बैठकमा गठबन्धनका दलहरुले तयार पार्ने घोषणापत्रको विषयम पनि छलफल भएको बुझिएको छ ।
टिप्पणीहरू