जर्साबहरु को उक्लने,को घर जाने ?

जर्साबहरु को उक्लने,को घर जाने ?

नेपाली सेनामा रिक्त हुन लागेको एक जना मेजर जर्नेलको निम्ति तीन जना लाइनमा देखिएका छन् । आगामी बैशाख २३ गतेदेखि रिक्त हुने उक्त पदमा सबैभन्दा पहिले दिपक बानियाँको बढुवा हुन लागेको हो ।

जर्नेल बढुवाको लाइनमा होमनाथ दवाडी र यम ढकाल पनि छन् । दुबै जना बानियाँपछि क्रमशः माथि उक्लिने बताइन्छ ।

हालका दुई तारे जर्नेल निरञ्जन श्रेष्ठ आगामी बैशाख २३ गतेदेखि अनिवार्य अवकाश हुँदैछन् । त्यसपछि ती तीन जना मध्येबाट एक जना बढुवा हुने भए पनि सिनियरिटीको आधारमा बानियाँको लगभग कन्फर्म भएको सैन्य स्रोतको दाबी छ ।

अवकाश हुने लाइनमा प्रेम शाही पनि देखिएका छन् । सुर्खेतमा तैनाथ उनको अझै नौ महिना बाँकी छ । शाही लामो समयदेखि नागरिकता प्रकरणमा मुछिएका छन् । तीन वटा नागरिकता बनाएको आरोप लागेका उनले जन्म मिति २०२३ साल बनाउन खोज्दा नसकेको भनिन्छ । अहिले उनको कायम जन्म मिति २०२२ भएकाले नौ महिना बाँकी रहेको हो । सैनिक नेतृत्वविरुद्ध उनले हालेको मुद्दा सर्वोच्चमा बिचाराधीन छ ।

विनयविक्रम राणा डेढ वर्षपछि अवकाश हुँदैछन् । तर,यसबीचमा ठूला अधिकृतहरुको सरुवाको हल्ला पनि चलेको छ । स्रोत भन्छ, ‘प्रमोशन भएपछि सरुवा हुन्छ होला । त्यो भनेको झण्डै एक महिना बाँकी छ ।’

टिप्पणीहरू