भारतीय राजदूत नेताहरुसङ्ग बिदाइ भेटमा ब्यस्त

भारतीय राजदूत नेताहरुसङ्ग बिदाइ भेटमा ब्यस्त

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा आगामी बैशाख १८ गतेदेखि विदेश मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्न जाँदैछन् । त्यसनिम्ति उनले सबैजसो दलका नेतासँग बिदाई भेट गर्न थालेका छन् ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उहाँकै निवास खुमलटारमा हिजो भेटवार्ता गरेका छ । दाहाल निवासमा अध्यक्ष दाहाल र नेता नारायणकाजी श्रेष्ठसँग हिजो बिहान झण्डै २ घण्टा वार्तालाप भएको दाहालको सचिवालयले पुष्टि गरेको छ ।

सो क्रममा माओवादी नेताहरुले क्वात्राको आगामी जिम्मेवारी र कार्यकाल सफलताको कामना गरेका थिए । प्रत्युत्तरमा राजदूत क्वात्राले पनि माओवादी केन्द्रबाट आजसम्म प्राप्त सहयोगका लागि धन्यवाद दिएका थिए ।

टिप्पणीहरू