एकातिर प्रधानमन्त्री छान्दै,अर्कोतिर अमेरिकाविरोधी नारा घन्किँदै

एकातिर प्रधानमन्त्री छान्दै,अर्कोतिर अमेरिकाविरोधी नारा घन्किँदै

पाकिस्तानमा शनिवार मध्यरात प्रधानमन्त्री इमरान खान आफूविरुध्दको अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि पदमुक्त भए । हिजो एक दिन थाती राखेर संसदको आज अपरान्ह शुरु हुने बैठकमा नयाँ प्रधानमन्त्रीको चयन गर्ने कार्यसूची छ ।

नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ तथा पञ्जाब प्रान्तमा तीन पटक मुख्यमन्त्री भइसकेका सहबाज सरिफ र निवर्तमान हुन लागेका प्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका तर्फबाट शाह महमुद कुरेशीले मनोनयन दर्ता गरेका छन् ।

कुरेशी खान मन्त्रिमण्डलमा विदेशमन्त्री थिए । पछिल्लो अवस्थालाई हेर्दा सरिफको पक्षमा बहुमत पुग्ने निश्चित देखिन्छ ।

पीटीआईका समर्थकहरुले पूर्वप्रधानमन्त्री इमरान खानलाई हटाउने देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्रविरूद्ध लाहोरमासमेत ठूलो जुलुश निकालेका छन् । नयाँ प्रधानमन्त्री बन्न लागेका सरिफको पञ्जाब प्रान्तमा पनि खानको समर्थनमा विशाल जुलुश निकालिएको छ ।

हिजो बिहानदेखि राजधानी इस्लामाबाद,रावलपिण्डी र कराँचीमा खानको समर्थनमा विशाल प्रदर्शनहरु भएका छन् । अधिकांश प्रदर्शनकारीले अमेरिकाविरूद्ध चर्का नारा लगाएका थिए । प्रधानमन्त्री खान र उनको पार्टीले पाकिस्तानको पछिल्लो घटनाको पछाडि अमेरिकाको हात रहेको बताउँदै आएका छन् ।

 

टिप्पणीहरू