जोर्डनका सिकिस्त राजालाई जर्मनी लगियो

जोर्डनका सिकिस्त राजालाई जर्मनी लगियो

जोर्डनका राजा अब्दुल्लाह द्वितीय उपचारका लागि जर्मनी गएका छन् । उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारको निम्ति आकस्मिक रुपमा जर्मनी लगिएको बताइएको छ ।

राजाको अनुपस्थितिमा युवराज अल हसन बिन अब्दुल्लाह द्वितीयले मन्त्रिपरिषदको उपस्थितिमा कार्यकारी प्रमुखको सपथ लिएका छन् ।

राजाको मेरुदण्डको हड्डीको डिस्क स्लिप भएपछि तत्काल उपचारको निम्ति जर्मनीको फ्रयाङफर्ट लगिएको हो । उनको त्यहाँस्थित विशेष अस्पतालमा उपचार हुने बताइएको छ ।

टिप्पणीहरू