शीतल निवासमा पाँच देशका राजदूतको एकैचोटी प्रवेश
आज राष्ट्रपति भवन शीतल निवासमा पाँच देशका राजदूत प्रवेश गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा तैनाथ आवासीय राजदूतहरु काठमाडौं आएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
अष्ट्रिया,हंगेरी, अर्जेन्टिना,क्यानाडा र डोमिनिकन रिपब्लिकका गैरआवासीय राजदूतहरुले आज शीतल निवासमा आयोजित समारोहमा ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
प्रमाणपत्र प्रस्तुत गर्नेहरुमा क्रमशः श्रीमती क्याथरिना वाइजर, आन्द्रास लास्ज्लो किराली, ह्युगो हाभियर गोबि,क्यामरुन डिन म्याके र डेभिड इमानुएल पुइग बुचेल छन् ।

टिप्पणीहरू