साहसको अर्को नाम: लाक्पा शेर्पा
हालसम्म धेरै पटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाएकी आरोही लाक्पा शेर्पाले यसपटक आफ्नै कीर्तिमान तोड्न लागेकी छन् । उनले यस पटक सफल आरोहण गरेर १० औं पटक सगरमाथा चढ्ने महिला बन्न लागेकी हुन् ।
सेभेन समिट क्लबको तर्फबाट सगरमाथा आरोहण गर्न लागेकी लाक्पा १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोलीको गाइड बन्दै चुचुरोमा जान लागेकी छन् । सन् २००० मा पहिलो पटक सगरमाथा चढेकी उनी आठ पटक तिब्बततर्फको बाटोबाट र एक पटक नेपालतर्फको बाटोबाट सगरमाथा पुगेकी हुन् ।
लाक्पा संखुवासभाको मकालु गाउँपालिकामा जन्मेकी थिइन् ।
टिप्पणीहरू