सांसद ल्हारक्याल लामा र तिब्बती नेतृ एउटै गुम्बामा

सांसद ल्हारक्याल लामा र तिब्बती नेतृ एउटै गुम्बामा

माओवादी केन्द्रका सांसद ल्हारक्याल लामा र टिबेटियन युथ कँग्रेसकी नेतृ तेन्जिन चोके काठमाडौंको एउटा गुम्बामा भेला भएका छन् । उनीहरु हिजो स्वयम्भूस्थित मुस्ताङ गुम्बा पुगेका हुन् ।

उनीहरुसँगै गुम्बामा आयोजित भेलामा रातो गुम्बाका २२ जना र ठूलो भर्याङ्गस्थित शरणार्थी क्याम्पका ३५ जनालगायत झण्डै ७० जना तिब्बती र नेपालीको सहभागिता रहेको बताइन्छ । भेला बिहान साढे १० बजेबाट दिउँसो १ बजेसम्म भएको थियो ।

उनीहरुले पाञ्चो लामाको जन्मदिनमा गरिने पूजाविधि र तयारीबारे छलफल गरेको बताइएको छ । तर पूजाविधि र तयारीको लागि मात्रै त्यति धेरै मान्छे एकै ठाउँमा भेला हुन नपर्ने स्रोतको बुझाइ छ ।

टिप्पणीहरू