र्याडिसन होटेलमा भएभरका भीआईपी

र्याडिसन होटेलमा भएभरका भीआईपी

यतिखेर मुलुकका विशिष्ट व्यक्तिहरुमध्ये अधिकांश लाजिम्पाटस्थित होटल र्याडिसनमा पुगेका छन् । होटलमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसम्म हुनुहुन्छ । त्यसैगरी पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि त्यहाँ पुग्नुभएको छ ।

त्यसैगरी गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव पनि होटल पुगिसक्नुभएको बताइन्छ ।

ऊर्जा,जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल,अर्थमन्त्री जनार्दन शर्मा,खानेपानी मन्त्री उमाकान्त चौधरी पनि एकछिनमा त्यहाँ पुग्ने कार्यक्रम रहेको स्रोतको दाबी छ ।

र्याडिसनमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, प्रतिनिधि सभाको अर्थ समिति सभापति कृष्णप्रसाद दाहाललगायत केही सांसदहरु पनि त्यहाँ पुगिसक्नुभएको छ । यति धेरै विशिष्ट व्यक्तिहरु एउटा होटलमा एकाबिहानै भेला हुनुको अर्थ चाहिँ सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी विकास ऐन र युटिलिटी करिडोर ऐनसम्बन्धी परामर्श गोष्ठी हो ।

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निम्तोमा ती सबै भीआईपीहरु त्यहाँ पुगेका हुन् ।

टिप्पणीहरू