हिजो एकै दिन भारतीय र बेलायती सेनाका जर्नेलहरु काठमाडौं उत्रिए

हिजो एकै दिन भारतीय र बेलायती सेनाका जर्नेलहरु काठमाडौं उत्रिए

हिजो बिहान बेलायती सेनाका मेजर जनरल जोनाथन काेले काठमाडौं आएका छन् । बिहान पौने १० बजे काठमाडौं विमानस्थल आइपुगेका जोनाथन कतार एअरवेजको उडानबाट दोहा हुँदै आएका हुन् ।

हिजै भारतीय सेनाका एक जना लेफ्टिनेण्ट जनरल पनि काठमाडौं आएका छन् । नयाँ दिल्लीबाट  एयर ईण्डियाको उडानमा काठमाडौं आएका भारतीय सेनाका लेफ्टिनेण्ट जनरल तथा आसाम राइफलका महानिर्देशक प्रदिन चन्द्रन नायर हुन् ।

नायर तीन सदस्यीय टोली लिएर दिउँसो २ बजे काठमाडौं विमानस्थल ओर्लिएका हुन् ।

टिप्पणीहरू