सेना परिचालन गर्ने बाटो खुल्यो

सेना परिचालन गर्ने बाटो खुल्यो

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सेना परिचालन गरिने भएको छ । चुनावको समयमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सेना परिचालन गर्न लागिएको हो । आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको हो ।

राष्ट्रिय सुरक्षा परिषद्को चैत १७ गतेको सिफारिस र चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि स्वीकृति दिनुभएको बताइएको छ ।नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको लागि स्वीकृति दिइएको हो । ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्न सकिने उल्लेख छ ।

टिप्पणीहरू