काभ्रेपलाञ्चोकमा मतदाता र मतदान केन्द्र कति थपिए ?
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा काभ्रेपलाञ्चोक जिल्लाका तीन लाख तीन हजार पाँचसय ६० मतदाताले मतदानको अधिकार प्रयोग गर्ने भएका छन् । अघिल्लो चुनावभन्दा ७२ हजार सातसय ११ जना बढी मतदाताले मतदान गर्न लागेका हुन् । २०७४ को स्थानीय तहको चुनावमा जम्मा दुई लाख ३० हजार आठसय ४९ मतदाता थिए ।
जिल्लामा रहेका कुल मतदातामध्ये एक लाख ५४ हजार एक सय ५३ पुरुष हुन् । त्यसैगरी, एक लाख ४९ हजार तीन सय ७५ महिला छन् । अन्य दुई जनाले पनि मतदान गर्नेछन् ।
जिल्लामा १३ पालिका छन् । तीमध्ये खानीखोला गाउँपालिकामा १० हजार तीन सय नौ मतदाता छन् । पाँच हजार चारसय ४३ पुरुष र चार हजार आठसय ६५ महिला मतदाता चुनावमा सहभागी हुनेछन् । त्यसैगरी, चौरीदेउरालीमा २० हजार नौसय १९ मतदाता रहेको जिल्ला निर्वाचन समिति, काभ्रेले जनाएको छ । त्यहाँ १० हजार पाँच सय ६७ पुरुष र नौ हजार ६ सय २४ जना महिला मतदाता छन् ।
भुम्लुमा आठ हजार नौसय ४५ पुरुष, आठ हजार ७८ महिला र एक जना अन्य गरी १७ हजार २४ मतदाता छन् । तेमालमा ११ हजार तीन पुरुष र १० हजार एकसय पाँच महिला गरी २१ हजार एकसय आठ मतदाता छन् । त्यस्तै, धुलिखेल नगरपालिकामा २५ हजार पाँच सय आठ मतदाता भएको जनाइएको छ । यस पटकको स्थानीय तहको निर्वाचनमा १२ हजार ६ सय ४५ पुरुष र १२ हजार आठ सय ६३ महिला सहभागी हुँदैछन् ।
नमोबुद्धबाट १३ हजार दुईसय ९२ पुरुष र १२ हजार ६ सय ६० महिलासहित २५ हजार नौसय ५२ जनाले मतदान गर्दैछन् । पनौतीमा १८ हजार सातसय ८१ पुरुष र १९ हजार तीनसय ६४ महिला मतदाता छन् । यता, पाँचखालमा भने २९ हजार ६ सय ६९ मतदाता भएको समितिले बताएको छ । तीमध्ये १८ हजार तीनसय ४० पुरुष र १९ हजार तीन सय ६४ महिला हुन् ।
१८ हजार तीन सय ४० पुरुष र १९ हजार दुई सय ४१ महिला गरि बनेपामा ३७ हजार पाँच सय ८१ जना मतदाता छन् । सात हजार दुई सय ७६ पुरुष र सात हजार दुई सय ७५ महिलासहित बेथान्चोकमा १४ हजार पाँच सय ५१ जनाले मतदान गर्नेछन् ।
मण्डनपुरमा २८ हजार पाँच सय ३१ मतदाता छन् । उक्त पालिकामा १४ हजार ६ सय ४५ पुरुष र १३ हजार आठसय ८६ महिला मतदाता छन् । १२ हजार चारसय २० मतदाता भएको महाभारतमा भने छ हजार पाँच सय ४३ पुरुष र पाँच हजार आठ सय ७७ महिला छन् । २२ हजार पाँचसय ४३ मतदाता भएको रोशीमा ११ हजार सात सय ९२ पुरुष र १० हजार सात सय ५१ महिला छन् ।
३१ मतदान केन्द्र थपिए
मतदाता बढेसँगै काभ्रेपलाञ्चोकमा अहिले ३१ मतदान केन्द्र थपिएका छन् । २०७४ सालको स्थानीय चुनावमा जिल्लामा तीन सय ५० मतदान केन्द्र कायम भएको थियो । यस पटक तीन सय ८१ मतदान केन्द्र कायम गरिएको छ ।
टिप्पणीहरू