क्याबिनेट बैठक बोलाइयो, सशस्त्रको आईजी नियुक्ती प्रवल सम्भावना

क्याबिनेट बैठक बोलाइयो, सशस्त्रको आईजी नियुक्ती प्रवल सम्भावना

आज बिहान साढे १० बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

आजको बैठकले हिजोदेखि रिक्त रहेको सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक नियुक्ती गर्न सक्ने सम्भावना रहेको बताइएको छ । सुरक्षा निकायहरुमा सामान्यतयाः वरिष्ठताको आधारमा नियुक्ती गर्ने प्रचलनलाई यसअघि नेपाल प्रहरीको आईजीपीमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै मिचेपछि उक्त विषय अदालतसम्म पुगेको थियो ।

तत्कालीन डिआईजी नवराज सिलवाल र जयबहादुर चन्दमध्ये कनिष्ठ चन्दलाई देउवा नेतृत्वको क्याबिनेटले आईजीपीमा नियुक्त गरेपछि उक्त विषय सर्वाधिक विवादित विषय बनेको हो । अहिले सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तीमा पनि वरिष्ठताको आधार मिच्नको निम्ति बालुवाटारमा विभिन्न दबाब र आग्रह पुगेकाले सम्बन्धित पक्षहरु सशंकित भएका हुन् ।

टिप्पणीहरू