अर्थमन्त्रीको सम्पत्ति जफतको माग : अख्तियारमा उजुरी, वीर अस्पतालमा पत्रकार सम्मेलन

अर्थमन्त्रीको सम्पत्ति जफतको माग : अख्तियारमा उजुरी, वीर अस्पतालमा पत्रकार सम्मेलन

अभियन्ता तारा बरालको समूहले आज दिउँसो अख्तियारमा उजुरी दर्ता गर्ने भएको छ । मुलुकको ढुकटी रित्तिँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग रमिते बनेको भन्दै उनको नेतृत्वमा यसबीचमा बनेका नौ जना अर्थमन्त्रीको जीवनशैली र सम्पत्तिको छानबिन गर्न माग गर्दै एउटा समूह आज आयोग जान लागेको हो ।

सामाजिक सञ्जालमार्फत् खबर गर्दै उनले अहिले र पहिलेका अर्थमन्त्रीहरुको सम्पत्ति जफत गरेर कारबाही गर्नुपर्ने माग गरेकी छन् । बरालले, ‘आज अख्तियार जाऔं, देशको भण्डार रित्तिँदा पनि अख्तियार र जनता रमिते बन्न मिल्दैन,’ भन्दै लेखेकी छन्, ‘संघीय गणतन्त्रको छोटो अवधिमा देशको ढुकुटी रित्तिएर बीसौं खर्ब ऋण भइसकेको र नौ जना अर्थमन्त्रीहरुको जीवनशैली र सम्पत्ति आम्दानीको तुलनामा सयौं गुणा बढी पाइएकाले यिनिहरुको सम्पत्ति जफत गरि राष्ट्र बैंकमा जम्मा गरि दण्ड सजाय समेत गरियोस् ।’

उनले अख्तियार उनीहरुलाई कारवाही गर्न नसक्ने भएमा जनतालाई जिम्मा दिन आग्रह गरेकी छन् । आज मध्यान्ह १२ बजे अख्तियारमा उजुरी दर्तापछि दिउँसो ३ बजे वीर अस्पतालमा पत्रकार गरेर सबै कुराको भण्डाफोर गर्ने बरालले जनाएकी छन् ।

टिप्पणीहरू