देउवालाई सम्झाउन काठमाडौं आएका काँग्रेसीजनले आफैँलाई सम्झाउनुपर्ने भयो
चुनावी तालमेलमा पोखरा महानगरको मेयर नछाड्न प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई खबरदारी गर्न काठमाडौं आइपुगेको नेपाली काँग्रेस कास्कीको टोली बालुवाटारमै अड्किएको छ । प्रधानमन्त्री देउवाको कार्यव्यस्तताका कारण भेट नपाएपछि टोलि बालुवाटारमा कुरेर बसेको हो ।
बिहानै ९ बजे बालुवाटार पुगेका उनीहरु प्रधानमन्त्रीलाई भेट्न १ बजेसम्म बालुवाटारमा कुरेर बसे पनि भेट्न पाएका छैनन् । काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालसहित पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेश सरकारका मन्त्री विन्दुकुमार थापा, मेयरका आकांक्षीसहित ६० जनाभन्दा बढी नेताहरु बालुवाटारमा भेला भएका छन् ।
तर प्रधानमन्त्रीको क्याबिनेट र अन्य जरुरी कामका कारण समय नपाएको थापाले बताए । उनका अनुसार २ बजे पार्टी कार्यालय सानेपामा भेट्ने भनिए पनि उनीहरूले समय पाइसकेका छैनन् ।
सत्तारुढ गठबन्धनको केन्द्रीय सहमतिअनुसार पोखरा महानगरको मेयर एकीकृत समाजवादीले पाउने सम्भावनाको चर्चा छ । त्यसको विरोध गर्न पोखरेली नेताहरु हिजो पोखराबाट कस्सिएर काठमाडौं उत्रिएका हुन् । काँग्रेस बाहेक अरु पार्टीले पोखरामा चुनाव जित्न नसक्ने रिपोर्टिङ प्रधानमन्त्रीलाई सुनाएर खबरदारी गर्ने उनीहरुको तयारी छ ।
यसअघि भरतपुर महानगर नछाड्न दबाब दिन भन्दै चितवन काँग्रेसको टोली पनि त्यसैगरी काठमाडौं आएको थियो । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायतका केन्द्रीय नेताहरुलाई भेटेर टोलीले भरतपुरमा मेयर छाडे बागी उम्मेदवारी दिने चेतावनी सुनाएर चितवन फर्किएको थियो ।
काँग्रेसमा चुनावमा तालमेल गर्ने विषयमा नेताहरुबीच एकमत छैन । सभापति देउवा, वरिष्ठ नेता पौडेल, नेता कृष्ण सिटौला तालमेलको पक्षमा छन् भने महामन्त्री थापा, नेता कोइराला भने काँग्रेस एक्लै चुनाव लड्नुपर्ने पक्षमा छन् ।
केन्द्रमा देखिएको यो विवाद जिल्ला तहमा झन् धेरै चर्किएको छ । कोइराला पक्षीय नेता सभापति भएका कतिपय जिल्लामा चुनावी तालमेल भए विद्रोह हुने देखिएको छ ।देउवालाई सम्झाउन काठमाडौं आएका काँग्रेसीजनले आफैँलाई सम्झाउनुपर्ने भयो
चुनावी तालमेलमा पोखरा महानगरको मेयर नछाड्न प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई खबरदारी गर्न काठमाडौं आइपुगेको नेपाली काँग्रेस कास्कीको टोली बालुवाटारमै अड्किएको छ । प्रधानमन्त्री देउवाको कार्यव्यस्तताका कारण भेट नपाएपछि टोलि बालुवाटारमा कुरेर बसेको हो ।
बिहानै ९ बजे बालुवाटार पुगेका उनीहरु प्रधानमन्त्रीलाई भेट्न १ बजेसम्म बालुवाटारमा कुरेर बसे पनि भेट्न पाएका छैनन् । काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालसहित पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेश सरकारका मन्त्री विन्दुकुमार थापा, मेयरका आकांक्षीसहित ६० जनाभन्दा बढी नेताहरु बालुवाटारमा भेला भएका छन् ।
तर प्रधानमन्त्रीको क्याबिनेट र अन्य जरुरी कामका कारण समय नपाएको थापाले बताए । उनका अनुसार २ बजे पार्टी कार्यालय सानेपामा भेट्ने भनिए पनि उनीहरूले समय पाइसकेका छैनन् ।
सत्तारुढ गठबन्धनको केन्द्रीय सहमतिअनुसार पोखरा महानगरको मेयर एकीकृत समाजवादीले पाउने सम्भावनाको चर्चा छ । त्यसको विरोध गर्न पोखरेली नेताहरु हिजो पोखराबाट कस्सिएर काठमाडौं उत्रिएका हुन् । काँग्रेस बाहेक अरु पार्टीले पोखरामा चुनाव जित्न नसक्ने रिपोर्टिङ प्रधानमन्त्रीलाई सुनाएर खबरदारी गर्ने उनीहरुको तयारी छ ।
यसअघि भरतपुर महानगर नछाड्न दबाब दिन भन्दै चितवन काँग्रेसको टोली पनि त्यसैगरी काठमाडौं आएको थियो । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायतका केन्द्रीय नेताहरुलाई भेटेर टोलीले भरतपुरमा मेयर छाडे बागी उम्मेदवारी दिने चेतावनी सुनाएर चितवन फर्किएको थियो ।
काँग्रेसमा चुनावमा तालमेल गर्ने विषयमा नेताहरुबीच एकमत छैन । सभापति देउवा, वरिष्ठ नेता पौडेल, नेता कृष्ण सिटौला तालमेलको पक्षमा छन् भने महामन्त्री थापा, नेता कोइराला भने काँग्रेस एक्लै चुनाव लड्नुपर्ने पक्षमा छन् । केन्द्रमा देखिएको यो विवाद जिल्ला तहमा झन् धेरै चर्किएको छ । कोइराला पक्षीय नेता सभापति भएका कतिपय जिल्लामा चुनावी तालमेल भए विद्रोह हुने देखिएको छ ।
टिप्पणीहरू