सरकारले करार कर्मचारीको म्याद ३ महिना थप्ने

सरकारले करार कर्मचारीको म्याद ३ महिना थप्ने

सरकारले कोरोना महामारीमा करारमा भर्ना गरिएका स्वास्थ्यकर्मी तथा कर्मचारीको करार अवधि तीन महिना थप गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पताल, प्रतिष्ठान, तथा प्रयोगशालालाई पठाएको पत्रमा उक्त निर्देशन दिएको हो । मन्त्रालयले ती कर्मचारीको असार मसान्तसम्म म्याद थप्न सकिने भन्दै जानकारी गराएको छ ।

तर, स्थानीय तहको निर्वाचन घोषणा भइसकेको सन्दर्भमा निर्वाचन आयोगले गता शुक्रबारदेखि आचारसंहिता लागू गरेको छ । यस्तो अवस्थामा सरकारले नयाँ कर्मचारी भर्ना, म्याद थपलगायतका कुनै पनि कार्य गर्न नमिल्ने लोक सेवा आयोग स्रोतले बताएको छ । स्रोत भन्छ, ‘म्याद थप्नु नै थियो भने आचारसंहिता लागू गर्नुअघि नै गर्नुपथ्र्यो । चैत मसान्तको दिन गरेकाले आचारसंहिता उल्लंघन भएको ठहरिने छ ।’

टिप्पणीहरू