विद्यासुन्दरले पहिले एमालेभित्रै ५ जनालाई जित्नुपर्ने

विद्यासुन्दरले पहिले एमालेभित्रै ५ जनालाई जित्नुपर्ने

नेकपा (एमाले) काठमाडौँ नगर कमिटीले काठमाडौं महानगर प्रमुख उम्मेदवारको निम्ति पाँच जनाको नाम सिफारिस गरेको छ ।

सिफारिसमा हालका मेयर विद्यासुन्दर शाक्यलाई १ नम्बरमा राखिएको छ । त्यसपछि क्रमशः पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर,बागमती प्रदेशसभा सदस्य केशव स्थापित, काठमाडौं नगर कमिटीका अध्यक्ष निर्मल देउला र एमाले जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम लेखिएको छ ।

अब उक्त सिफारिसउपर जिल्ला कमिटीले प्रदेश कमिटीलाई राय, सुझावसहित रिपोर्ट गर्ने प्रावधान छ । त्यसपछि बल्ल केन्द्रले एक जनाको नाम चयन गर्नेछ ।

अब उक्त सिफारिसलाई पार्टीको जिल्ला कमिटीले प्रदेश कमिटीलाई राय, सुझावसहित सिफारिस गर्ने प्रावधान छ । त्यसपछि केन्द्रले एक जनाको नाम चयन गर्ने बताइएको छ । उपमेयरको उम्मेदवारमा रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले र शान्ति अधिकारीको नाम सिफारिस गरिएको छ ।

महानगरका ३० वटा वडामध्ये झण्डै डेढ दर्जनमा वडाध्यक्षको नाममा सबैले सहमति गरिसकेका छन् । तर, ती नाम सार्वजनिक भने गरिएको छैन ।

टिप्पणीहरू