खुमलटारमा नेताहरुसँगको भेटपछि प्रचण्ड बालुवाटारमा

खुमलटारमा नेताहरुसँगको भेटपछि प्रचण्ड बालुवाटारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड खुमलटारस्थित आफ्नो निवासमा पार्टीका नेताहरुसँग भेटघाट गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गर्न बालुवाटार पुग्नुभएको छ ।

अध्यक्ष दाहाल हिजो बिहान नेकपा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, कृष्णबहादुर महरा, देव गुरुङ र शिक्षामन्त्री देवेन्द्र पौडेललगायत झण्डै १२ जना पूर्वस्थायी समिति सदस्य र प्रदेश इञ्चार्जहरुको बैठक सकेपछि लगत्तै बालुवाटार जानुभएको हो ।

खुमलटारमा बिहान ८ बजेबाट १० बजेसम्म भएको उक्त बैठकपछि अध्यक्ष प्रचण्ड बालुवाटार स्थित प्रधानमन्त्री निवासमा पौने ११ बजे पुग्नुभएको थियो ।

बालुवाटारमा भने प्रधानमन्त्री देउवा र प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा पनि भेटवार्तामा सहभागी हुनुभएको माओवादी केन्द्रका एक जना नेताले जानकारी दिएका छन् । उहाँहरुबीच झण्डै ४५ मिनेट कुराकानी भएको थियो ।

टिप्पणीहरू