समाजवादी प्रेस संगठनको चुनावलक्षित भेला

समाजवादी प्रेस संगठनको चुनावलक्षित भेला

नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठनले चुनावलक्षित भेलाको आयोजना गरेको छ । नयाँ बानेश्वरको आलोकनगरमा संगठनले उपत्यकास्तरीय प्रचार भेला डाकेको हो ।

संगठनको उपत्यकास्तरीय प्रचार भेलाका अध्यक्ष सन्तराम बिडारीको अध्यक्षतामा भएको भेलामा पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र संगठनका अध्यक्ष शम्भु श्रेष्ठको उपस्थिति रहेको छ ।

त्यसैगरी कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदी, जिल्ला अध्यक्ष कुसुमकुमार कार्की र पत्रकार भरत पोखरेललगायतको उपस्थिति रहेको बताइएको छ ।

टिप्पणीहरू