राजीनामा नदिई चुनाव लड्न नपाइने सर्वोच्चको आदेश
सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवारी पेश गर्नुपर्ने निर्वाचन आयोगको आचारसंहितालाई सदर गरेको छ । यसअघि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले राजीनामा दिएर मात्र उम्मेदवारी दिनुपर्ने कानुनी व्यवस्था गलत भएकाले सो व्यवस्था कार्यान्वयन नगर्न दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।
आज सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई खारेज गरेको छ । अन्तरिम आदेशपछि आयोग गत साता उक्त आदेश खारेजीको निम्ति भ्याकेट लिएर अदालत गएको थियो ।
टिप्पणीहरू