घोषणापत्रमा मानवअधिकारका विषय समेट्नु : मानवअधिकार आयोग

घोषणापत्रमा मानवअधिकारका विषय समेट्नु : मानवअधिकार आयोग

आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी राजनीतिक दलले जारी गर्ने घोषणापत्रमा मानवअधिकारका विषय समेट्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ । आयोगले संविधान र राजनीतिक दलसम्बन्धी ऐनलाई प्राथमिकता दिएर घोषणापत्र जारी गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको हो ।

विगतमा राजनीतिक दलहरुले आफ्ना घोषणापत्रमा मानवअधिकारका विषय समावेश गरेको कुरालाई आयोगले प्रसंशा गर्दै भनेको छ, ’दलका आगामी घोषणापत्रमा अझ स्पष्टताका साथ मानव अधिकारका विषय समावेश हुनेछन् ।’संविधानको लक्ष्य कार्यान्वयनको प्रमुख जिम्मेवारी राजनीतिक दलहरूको रहने कुरा उल्लेख गर्दै आयोगले मानव अधिकारका विषयमा सचेत रहन दलहरुलाई आज प्रकाशित विज्ञप्तिमा आग्रह गरेको छ ।

’राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २० मा उल्लेखित राजनीतिक दलको काम, कर्तव्य र अधिकार अनुरुप पनि दलहरुले आफ्ना क्रियाकलापलाई मानव अधिकारमैत्री बनाउनुका साथै घोषणापत्रमा समेत मानवअधिकारका विषयवस्तु समावेश गर्नुपर्ने हुन्छ,’ आयोगको विज्ञप्तिमा लेखिएको छ ।

टिप्पणीहरू