निर्वाचनमा पौने ३ लाख सुरक्षाकर्मी परिचालन गरिने
आगामी स्थानीय तहको निर्वाचनमा दुई लाख ७० हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । त्यसमध्ये ६५ हजार बढी सुरक्षाकर्मी नेपाल प्रहरीबाट र नेपाली सेनाले ७१ हजार सैनिक खटाउने जानकारी दिइएको छ ।
त्यस्तै सशस्त्र प्रहरीबाट ३२ हजार र म्यादी प्रहरी १ लाख यसअघि नै खटाइने निर्णय भइसकेको छ । म्यादी प्रहरीलाई नेपाल प्रहरीले परिचालन गर्नेछ । निर्वाचनमा सबै सुरक्षा निकायले समन्वय गरेर कार्य गर्ने र हरेक सुरक्षा निकायले आफ्नै आन्तरिक रणनीति बनाएको बताइएको छ ।
निर्वाचनको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुनेछ । उसको सहयोगीमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले काम गर्ने बताइएको छ ।
निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा संस्थालाई अनुमति दिने निर्णय गरेको छ । ती संस्थाबाट १० हजार पर्यवेक्षक खटिने छन् ।
टिप्पणीहरू