ऊर्जामन्त्रीले राजदूत भेट्नुभयो, भूमि व्यवस्थामन्त्रीले प्रतिवेदन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हिजो नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीसँग भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच हिजो दिउँसो १ बजेदेखि झण्डै २ बजेसम्म शिष्टाचार भेटवार्ता भएको हो ।
भेटमा दुई मुलुकबीचको आपसी सम्बन्ध र ऊर्जा र जलस्रोतको क्षेत्रमा लगानीबारे चर्चा भएको बताइएको छ ।
हिजै भूमि व्यवस्था, सहकारी तथा वातावरण मन्त्रालयमा मन्त्री शशी श्रेष्ठको उपस्थितिमा मुक्त कमैया, मुक्त हलिया, कम्लहरी र हरवाचरवाहरूको वस्तुस्थिति अध्ययन समितिको प्रतिवेदन हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, अध्ययन समितिका संयोजक श्यामकुमार श्रेष्ठ र समितिका अन्य सदस्यहरूको उपस्थिति थियो ।
टिप्पणीहरू