वडाध्यक्षकै चुनाव चिन्ह लिएर निर्वाचनमा जान सहमति जुट्यो
धरान उपमहानगरपालिकाको वडा नं १३ मा तीन दलबीच गठबन्धन भएको छ । नेपाली कांग्रेस,नेकपा माओवादी र एकीकृत समाजवादीवीच गठबन्धन भएको हो । आसन्न ‘स्थानीय चुनाव २०७९’ का निम्ति केन्द्रको निर्देशन अनुसार आज बसेको बैठकले गठबन्धन गर्ने सहमति जनाएको हो ।
गठबन्धनले वडाध्यक्षको पद नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ । त्यस्तै, दलित महिला सदस्य र खुल्ला महिला सदस्य पनि कांग्रेसलाई दिने सहमति भएको जनाइएको छ ।
त्यसैगरी, माओवादीले गठबन्धनबाट खुल्ला सदस्यका लागि दुई सिट हासिल गरेको छ । खुल्ला महिला सदस्य भने एकीकृत समाजवादीलाई दिने भनिएको छ ।
साथै, वडाध्यक्षकै चुनाव चिन्ह लिएर अरु सदस्यहरु चुनावमा जाने सहमतिसमेत जुटेको छ । उक्त सहमतिपत्रमा १९ जनाले हस्ताक्षर गरेका छन् ।
टिप्पणीहरू