काँग्रेसले कास्कीका पालिकाहरुमा पनि टुंगो लगायो

काँग्रेसले कास्कीका पालिकाहरुमा पनि टुंगो लगायो

नेपाली काँग्रेसले कास्कीका पालिकाहरूमा उम्मेदवार टुंगो लगाएको छ । मनोनयनको केही घण्टा मात्रै बाँकी छँदा काँग्रेसले उम्मेदवारको टुंगो लगाएको हो ।

पोखरा महानगरपालिकामा गठबन्धनबाट उपमेयर पाएको काँग्रेसले सुरेन्द्रमान बिजुक्छेलाई उठाएको छ । अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा युवराज कुँवर दोहोरिएका छन् । कुँवरलाई पुनः अध्यक्ष बनाउने निर्णय कास्की काँग्रेसले गरेको हो ।

यस्तै अन्नपूर्णको उपाध्यक्षमा यसअघि पराजित खीमकुमारी गुरुङलाई उठाउने भएको छ । मादीको अध्यक्षमा मतदानबाट देवीजंग गुरुङ उम्मेदवार छानिएकी छन् भने उपाध्यक्षमा इन्दिरा सापकोटा (मीना), माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा मीनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारीलाई अघि सारिएको छ ।

रुपा गाउँपालिकाको अध्यक्षमा आनन्द सुवेदी र उपाध्यक्षमा अप्सरा श्रेष्ठले टिकट पाएका छन् ।

टिप्पणीहरू