देशैभरि झण्डै ५० हजारको मनोनयन

देशैभरि झण्डै ५० हजारको मनोनयन

यही वैशाख ३० गते हुने स्थानीय तहनिर्वाचनको निम्ति आज साँझ ५ बजेसम्म ४७ हजार छ सय १७ जनाले उम्मेदवारको मनोननयन दर्ता गरेका छन् ।

निर्वाचन आयोगका अनुसार महानगर,उपमहानगर र नगरपालिकाका प्रमुख पदमा एक हजार छ सय २३ र उपप्रमुख पदमा नौ सय ५२ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्षमा एक हजार छ सय छ र उपाध्यक्षमा एक हजार ४५ जनाको उम्मेदवारी परेको हो ।

वडाध्यक्षमा १२ हजार एक ५१ र वडा सदस्यमा १६ हजार चार जनाको उम्मेदवारी परेको छ । महिला सदस्य पदमा सात हजार पाँच सय ९९ र दलित महिला सदस्यमा छ हजार छ सय ३७ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको निम्ति हिजो र आजको समय दिएको थियो ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/04/p1.pdf”]

टिप्पणीहरू