रसुवामा माओवादी केन्द्रका तीन जना निर्विरोध
रसुवाका विभिन्न स्थानीय तहमा पाँच जना दलित महिला सदस्य निर्विरोध भएका छन् । उनीहरु एकल उम्मेदवारी परेसँगै निर्विरोध भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आमाछोदिङमो,गोसाईकुण्ड र कालिका गाउँपालिकामा गरी पाँच जना दलित महिला सदस्यहरुको एकल उम्मेदवारी परेको हो ।
आमाछोदिङमो गाउँपालिकाको वडा नम्बर २ र ४ मा दलित महिला सदस्यमा एक-एक जनाको एकल उम्मेदवारी परेको छ । गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुईंटेलका अनुसार वडा नम्बर २ मा दिलमाया बिक र वडा नम्बर ४ मा गममाया बिककाे एकल उम्मेदवारी परेकाे हाे । उनीहरु दुवै माओवादी केन्द्रका उम्मेदवार हुन् ।
त्यस्तै,कालिका गाउँपालिका वडा नम्बर १ मा पनि माओवादी केन्द्रकै एक दलित महिला सदस्यको एकल उम्मेदवारी परेको छ ।
गोसाईकुण्ड गाउँपालिकामा दुई जना दलित महिला सदस्यको उम्मेदवारी परेको निर्वाचन अधिकारी थापाले जानकारी दिए । तर उनीहरुको नाम,वडा र टिकट दिने पार्टीको नाम अद्यावधिक भैनसकेको उनले बताए ।
मनोनयन दर्ता गर्दा एकल उम्मेदवारी परेपनि आज पाँच बजे दाबी विरोध सकिएपछि मात्रै निर्विरोध भएको औपचारिक जानकारी गराउने जिल्ला निर्वाचन कार्यालयको तयारी छ।
टिप्पणीहरू