चुनावको मुखमा कमल थापालाई उपाध्यक्षले पनि छाडे

चुनावको मुखमा कमल थापालाई उपाध्यक्षले पनि छाडे

कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा आर्थिक विभाग प्रमुख उद्धव पौडेलले पार्टी छोडेका छन् । पार्टी अध्यक्ष थापालाई राजीनामा पत्र बुझाएर उनले हिजोदेखि साधारण सदस्यसमेत नरहने गरि राप्रपा छाडेको घोषणा गरेका हुन् ।

पौडेलले आजसम्मको साथ, सहयोग तथा आत्मीयताका लागी सधैभरि आभारी रहने उल्लेख गर्दै अब निरन्तरता दिन नसक्ने बताएका छन् ।

उनी अध्यक्ष थापाका विश्वासपात्रका रुपमा चिनिएका थिए । हालै राजेन्द्र लिङदेनले नेतृत्व गरेको राप्रपाबाट अलग्गिएर थापाले राप्रपा नेपाल ब्युँताउँदा पौडेल प्रारम्भदेखि नै साथ दिने थोरैमध्येका एक नेता थिए ।

टिप्पणीहरू