राष्ट्रपतिलाई गोलभेडाले हानेपछि सुरक्षाकर्मी चिच्याए

राष्ट्रपतिलाई गोलभेडाले हानेपछि सुरक्षाकर्मी चिच्याए

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँलाई सार्वजनिक कार्यक्रममै गोलभेडाले हानिएको छ । आइतबार पुनः निर्वाचित भएपछि पहिलो पटक सार्वजनिक मञ्चमा देखिएका उनीमाथि गोलभेडा प्रहार भएको हो ।

राष्ट्रपति चुनावमा आफ्नो विजयपछि फ्रान्सेली जनतालाई अभिवादन गरिरहेका बेला भीडबाट कसैले उनलाई गोलभेडा प्रहार गरेको थियो । तर,राष्ट्रपतिलाई गोलभेडाले भेटेन,बरु उनका सुरक्षाकर्मीलाई लागेको थियो । गोलभडाले लागेपछि ती सुरक्षाकर्मी ‘प्रोजेक्टाइल’ भनेर चिच्याएका थिए ।

तत्काल सुरक्षा अधिकारीहरूले राष्ट्रपति म्याक्रोँलाई चारै दिशाबाट घेरे । उनीहरूमध्ये एक जनाले एउटा विशेष झन्डा खोलेर म्याक्रोँलाई ढाकेका थिए ।

टिप्पणीहरू