टियूको वर्षे विदामा परीक्षा नरोकिने

टियूको वर्षे विदामा परीक्षा नरोकिने

त्रिभुवन विश्वविद्यालयले यसवर्षको वर्षे बिदा घोषणा गरेको छ । त्रिवि कार्यकारी परिषद्को हिजो बसेको बैठकले बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन बिदा दिने निर्णय गरेको हो ।

विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे बिदा दिइने क्याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरेबमोजिम हुने र अन्य क्याम्पस, विभाग र स्कुलहरुको हकमा विद्यार्थीहरुको नियमित परीक्षा यथावत सञ्चालन गर्ने भनेको छ ।

टिप्पणीहरू