शिक्षकको मूल्याङ्कन फाराम पठाउन ताकेता

शिक्षकको मूल्याङ्कन फाराम पठाउन ताकेता

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सात दिनभित्र शिक्षकहरुको कार्य सम्पादन मूल्याङ्कन फाराम पठाउन निर्देशन दिएको छ । केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै सात दिनभित्र मूल्याङ्कन फाराम पठाउन निर्देशन दिएको हो ।

केही समन्वय इकाइहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमा नपठाएको केन्द्रको ठहर छ ।

केन्द्रले शिक्षक सेवा आयोगबाट शिक्षक छनोट तथा बढुवाको कार्य भइरहेकाले शिक्षकहरूको नियमानुसार भएको कार्यसम्पादन मूल्याङ्कन फाराम सात दिनभित्र बुझाउन सूचना नै प्रकाशित गरेको छ ।

टिप्पणीहरू