ललितपुरका घर घरमा मेलम्चीको पानी

ललितपुरका घर घरमा मेलम्चीको पानी

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ललितपुर शाखाले खुमलटारस्थित पानी पोखरीबाट ललितपुरको चक्रपथभित्र मेलम्चीको पानी वितरण थालेको छ ।

केयूकेएलले सार्वजनिक गरेको तालिकाअनुसार हरेक दुई दिनको फरकमा ठाउँ हेरेर दुईदेखि चार घण्टासम्म पानी वितरण हुने छ । काठमाडौं उपत्यकाभित्र पुरानै पाइप र धाराबाट पानी वितरण गरिरहेको केयूकेएलले ललितपुरमा भने नयाँ पाइपलाइन र धाराबाट पानी वितरण थालेको हो ।

केयूकेएलले जेठ मसान्तसम्मको पानी वितरण तालिका सार्वजनिक गरेको छ । यसअघि पनि ललितपुरमा मेलम्चीको पानी वितरण गरिएको थियो । तर, बाढीले गत वर्ष असार १ गते राति मेलम्ची आयोजनाको संरचनामा क्षति पुर्याएपछि पानी वितरण कार्य रोकिएको थियो ।

टिप्पणीहरू