केसी गाउँका थापाको घर फोरियो
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ मूलपानी नागेश्वर टोल केसी गाउँका दिपक थापाको घरबाट धनसम्पत्ति चोरी भएको छ । घरमा कोही नभएको मौका पारेर चोरले ताला तोडी धनमाल निकालेको हो ।
प्रहरीका अनुसार थापाको घरबाट सुनका विभिन्न गरगहना र नगद ६५ हजार रूपैयाँ गरी करिब १७ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल हिजो दिउँसो चोरी भएको हो ।
चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यससम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू