मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (MPIA) द्वारा ८,००० मास्क हस्तान्तरण !

मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (MPIA) द्वारा ८,००० मास्क हस्तान्तरण !

कोभिड १९ महामारी नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (MPIA) ले  बैसाख ८ गते सोमबार महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८,००० थान मास्क हस्तान्तरण गरेको छ ।

सिहंदरबार बग्गीखाना स्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा (MPIA) का अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेका थिए ।

अध्यक्ष मलहोत्राले यस सहयोगले कोभिड १९ महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल पुग्ने बताउनु भयो ।

टिप्पणीहरू