दाउरा खोज्न गएकी महिलालाई जंगली हात्तीले मार्यो
सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको प्राण गएको छ । अग्निसाईर कृष्णसवरण गाउँपालिका–६ मोहनपुर सुकुम्बासी टोल बस्ने ५५ वर्षीया कृष्णमाया नेपालीको हात्तीको आक्रमणबाट आज मृत्यु भएको हो ।
सोही गाउँपालिका–१ जन्डोल सिमरा चाप सामुदायिक जंगलमा जंगली हात्तीको आक्रमणमा परी आज बिहान नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जंगलमा दाउरा काट्न गएकी उनलाई हात्तीले आक्रमण गरेको भन्ने पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यतिबेला उनको मृत्यु भइसकेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू