नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थ मन्त्री डा.युवराज खतिवडा समक्ष २४ बुँदे सुझाव प्रस्तुत ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थ मन्त्री डा.युवराज खतिवडा समक्ष २४ बुँदे सुझाव प्रस्तुत ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थ तथा संचार मन्त्री डा.युवराज खतिवडा समक्ष कोरोना भाइरस ( कोभिड(१९)बाट अर्थतन्त्रमा परेको प्रभाव सम्वन्धमा २४ बुँदे सुझाव प्रस्तुत गर्नु भयो ।

उक्त अवसरमा अर्थ तथा संचार मन्त्री डा. खतिवडाले निजी क्षेत्रले उपभोग्य वस्तु, औषधी तथा उपकरण सहज तथा सुलभ तवरमा आपूर्ति व्यवस्थालाई चुस्त बनाई यसलाई निरन्तरता दिइरहन आग्रह गर्नु भयो ।

वैंक तथा बित्तीय संस्थाहरु अहिलेको परिस्थितिमा नाफामूखी नभई नगद प्रवाहलाई सजिलो बनाउने, कर्जा लिने ग्राहकलाई सांवा ब्याज तिर्ने म्याद बढाउने तर्फ आवश्यक व्यवस्था गरिने बताए । ।

यसबाट चुनौति मात्र नभइ थप अवसर पनि प्राप्त हुने भएकाले बाहिरबाट आएका श्रमिकहरुबाट आन्तरिक आर्थिक गतिबिधिमा सम्मिलित गर्ने, कृषि क्षेत्र गतिशील हुने र अर्को तर्फ ई बिजनेश, अनलाइन बिजनेश को प्रचुर प्रयोगले इलोक्ट्रोनिक कारोवार प्रयोग हुने गरेको बताए ।

सरकारबाट प्रदान गरिएको राहत प्याकेज बिपन्न वर्गको लागि भएकोले तदनरुप वितरणमा सहयोग गरि दिन आग्रह गर्नु भयो । अर्थतन्त्रमा  कोरोना भाइरसबाट अर्थतन्त्रमा पुगेको क्षति अध्ययनका लागि गठित उच्चस्तरीय कार्यदलमा निजी क्षेत्रलाइ पनि समावेश गरी निजहरुको राय सुझावको आधारमा भावी कार्यक्रम तय गरिने बताउनु भएको छ ।

टिप्पणीहरू