लमजुङका बागी काँग्रेसीलाई पनि तारन्तारको दबाब
भरतपुर महानगरपालिकामा बागी बनेका नेपाली काँग्रेसका पुराना नेता जगन्नाथ पौडेललाई भन्दा कम दबाब थिएन लमजुङका जीवनकुमार श्रेष्ठलाई । सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी श्रेष्ठले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि फिर्ता लिन गरिएको प्रयास असफल भएपछि काँग्रेसलगायत गठबन्धन अप्ठ्यारोमा परेको छ ।
जिल्ला कार्यालयमा भेट भएर सभापति टकराज गुरुङले बेसीशहर नगरपालिकामा मेयर उठेका श्रीकान्त घिमिरे र पार्टी सचिव विमल श्रेष्ठकै सामु जीवनलाई जसरी भएपनि फिर्ता लिन लगाउनु पर्यो मात्र के भनेका थिए विमल ‘यो सब तपाईंको कारणले भएको हो । पैसा लिएर टिकट बाँड्ने,निष्ठावान कार्यकर्ताको भावना नबुझ्ने,बिगार्ने तपाईं,सपार्नु पर्ने हाम्ले ?,’भन्दै गर्जेपछि गुरुङ्ग टक्टकिए ।
‘अक्षर निकै सुन्दर छ तुलसी दाइ,तर मेरो उम्मेदवारी फिर्ता हुँदैन,’भन्दै च्यातचुत पारेर हिँडिदिए ।
पार्टी कार्यालयमा कुरा नमिलेपछि निवर्तमान सभापति भेषबहादुर पौडेलको गेट वे हिमालयन रिसोर्टमा केन्द्रीय सभापति देउवा निकट तुलसीनारायण श्रेष्ठ,फ्युचर स्टार बोर्डिङ स्कुलका साहु बाबुराम पौडेल,सभापति टकराज गुरुङ,हरि बराल,भेषबहादुर पौडेल, कृष्णबहादुर अधिकारीसहितले जीवनकुमार श्रेष्ठलाई उपमेयरको उम्मेदवारी फिर्ता लिन नैतिक दबाब दिए । पौडेलले, ‘गाह्रो पर्ने भो मेयरलाई तपाईंलाई के गर्नुपर्ने हो, हामी तयार छौं,’ भनेर आश्वासन दिएको बताइन्छ । तर उनी जे गर्दा पनि नहच्किएको काँग्रेसीहरुले बताए ।
तुलसीनारायणले हस्तलिखित उम्मेदवारी फिर्ताको चिर्कटो तेर्साएर सही गर्न अनुरोध गरेका थिए । सूची हेरेपछि श्रेष्ठ,‘अक्षर निकै सुन्दर छ तुलसी दाइ,तर मेरो उम्मेदवारी फिर्ता हुँदैन,’भन्दै च्यातचुत पारेर हिँडिदिए ।
उता राईनास नगरपालिकामा उपमेयरको प्रत्यासी बनेकी विष्णुमाया धितालले भने हिजो बेलुकी ९ बजे फिर्ता लिएको खबर आएको छ । निर्धारित समय ५ बजे भनिए पनि जिल्ला सभापति टकराज गुरुङले केन्द्रको नै पत्र आएको भन्दै दवाव दिएर फिर्ता लिएको बताइए पनि उनी त्यसबिरुध्द अदालत जाने बताइएको छ ।
सुन्दरबजार नगरपालिकामा द्वारिकाले पनि फिर्ता लिएका छैनन् भने मध्यनेपालका विश्वास पौडेलले आफूलाई व्यापक धम्की आएपछि उपमेयरको उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका छन् ।
-अञ्जनकुमार
टिप्पणीहरू