मे दिवसको नाममा एमालेको अघिल्लो दिन डिनर,भोलिपल्ट कार्यक्रम
भोलि अन्तर्राष्ट्रिय मजदुर दिवस अर्थात मे दिवस । यो दिन विश्वभरका मजदुर संघ संगठनहरुले विशेष हर्षोल्लासका साथ कार्यक्रम गर्छन् ।
अन्य राजनीतिक दलहरुले पनि मजदुरको नाममा कार्यक्रम गर्छन् । विश्वका अधिकांश देशमा यो दिन सार्वजनिक बिदा दिइन्छ ।
नेपालमा पनि भोलि विभिन्न कार्यक्रम गरेर मे दिवस मनाईंदैछ । यस अवसरम नेपाल सरकार,राजनीतिक दल र तिनका भ्रातृ संगठनहरुले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्ने भएका छन् ।
सोही क्रममा एमालेले आज अपरान्ह पत्रकार सम्मेलन गर्न लागेको छ । आजको पत्रकार सम्मेलनलाई विथ डिनर भनिएको छ । कार्यक्रम अपरान्ह ४ बजे इन्द्रेणी कम्प्लेक्स बानेश्वरमा हुन लागेको हो ।
भोलि मे दिवसमा बिहान ११ बजेदेखि साढे १ बजेसम्म विचार गोष्ठी राखिएको छ । गोष्ठी सहकारी तालिम केन्द्र मीनभवनमा हुने छ ।
भोलि नै प्रज्ञाभवन,कमलादीमा अपरान्ह ४ बजे मे दिवस कार्यक्रम आयोजना गर्न लागिएको बारे जानकारी गराउन आज डिनरसहित पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।
टिप्पणीहरू