भारतीय अभिनेत्री कंगना रनावत भन्छिन् : राष्ट्रिय भाषा चाहिएकै हो भने संस्कृतलाई किन हेलाँ ?

भारतीय अभिनेत्री कंगना रनावत भन्छिन् : राष्ट्रिय भाषा चाहिएकै हो भने संस्कृतलाई किन हेलाँ ?

भारतमा बेलाबखत विवादित धारणा व्यक्त गरेर चर्चामा आइरहने अभिनेत्री कंगना रनावतले फेरि अर्को बहस छेडेकी छन् । उनले राष्ट्रिय भाषाबारे भएको बहसमा नौलो धारणा राखेर फेरि सबैको ध्यान खिचेकी हुन् ।

हालै भएको राष्ट्रिय भाषासम्बन्धी बहसमा उनले भनिन्, ‘यदि तपाईंले मलाई कुन भाषा राष्ट्रिय भाषा हुनुपर्दछ भनेर सोध्नुभयो भने मलाई लाग्छ कि सबैभन्दा उपयुक्त संस्कृत भाषा नै हुनुपर्दछ ।’

उनको भनाई छ, ‘ किनभने संस्कृत भाषा भारतमा बोलिने कन्नड,तमिल,गुजराती वा हिन्दीभन्दा निकै पुरानो हो । अर्कोतर्फ यी सबै भाषाको उत्पत्ति संस्कृतबाटै भएको हो । तर संस्कृत किन राष्ट्रिय भाषा बन्न सकेन ?’

टिप्पणीहरू