माओवादी र काँग्रेसद्वारा एमालेको गाडी तोडफोड
स्थानीय निर्वाचनमा उठेका उम्मेदवारहरु निर्वाचन चिन्ह प्राप्त गरी हिजैदेखि चुनावी प्रचारमा लागेका छन् ।
यससङ्गै हिजो रुपन्देहीको सैनामैनामा नेपाली काँग्रेस र माओवादी नेता तथा कार्यकर्ताले एमालेको सवारी साधन तोडफोड गरेका छन् । तोडफोडमा काँग्रेस नेता हरि पोखरेल,माओवादी नेता शान्ति बराल सँलग्न रहेको एमालेले बताएको छ ।
स्थानीय नेताहरुका अनुसार पोखरेल र बरालको नेतृत्वमा रहेका झण्डै डेढ दर्जन काँग्रेस र माओवादी कार्यकर्ताले एमालेको निर्वाचन अभियानमा रहेको सवारी साधनमा ढुंगामुढा गरेका हुन् ।
टिप्पणीहरू