सूर्यमा मत खन्याउन कमल थापाको ‘उर्दी’

सूर्यमा मत खन्याउन कमल थापाको ‘उर्दी’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले बैशाख ३० गते हुने निर्वाचनमा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गर्न कार्यकर्तालाई आह्वान गरेका छन् । राप्रपा नेपालका अध्यक्ष थापाको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवार नभएका स्थानमा एमाले उम्मेदवारलाई सघाउने गरी आपसी सहकार्य गर्न भएको सहमतिबमोजिम सदस्य, शुभचिन्तक तथा मतदाताहरुलाई आफ्ना उम्मेदवार भएका ठाउँमा तीर चिन्हमा र नभएका ठाउँमा सूर्य चिन्हमा मत हाल्न आह्वान गर्ने निर्णय गरेको हो ।पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख सुरेश आचार्यद्वारा आज प्रकाशित विज्ञप्तिमा राप्रपा नेपाल स्थानीय निर्वाचनको संघारमा पुनर्जागृत भएको उल्लेख गर्दै हालको विशेष परिस्थितिमा स्थानीय तहको चुनावमा दुई प्रकारले चुनावी प्रबन्ध गर्नुपरेको बाध्यता पनि बताइएको छ ।

टिप्पणीहरू